एमालेभित्र पुनर्गठन र पुनर्जागरणको बहस: ओली र इतर पक्ष आमनेसामने

एमालेभित्र पुनर्गठन र पुनर्जागरणको बहस: ओली र इतर पक्ष आमनेसामने

  • मङ्लबार, भदौ ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 95
    SHARES

काठमाडौँ — नेकपा (एमाले) भित्र समग्र नीति र नेतृत्व पुनर्गठनको मुद्दा प्रक्रियागत तथा राजनीतिक रूपमा झन् पेचिलो बन्दै गएको छ। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललगायतका नेताहरूले विधान महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद्मार्फत नीति तथा नेतृत्व पुनर्गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। तर, अध्यक्ष केपी शर्मा ओलीले भने पुनर्गठनको साटो ‘पुनर्जागरण’ अभियान चलाउनुपर्ने अडान राख्दै आएका छन्।

उपाध्यक्ष रामबहादुर थापा संयोजकत्वको कार्यदलका तर्फबाट महासचिव पोखरेलले १३ वटा प्रदेश तथा विभागीय भेलाका सुझाव समेटेर करिब सय पृष्ठको प्रतिवेदन तयार पारेका छन्। उक्त प्रतिवेदनमा निश्चित उमेर हद र कार्यकाल तोक्ने लगायतका विषय समेटिएका छन्। यद्यपि, अध्यक्ष ओलीले भने पार्टीमा महासंकट नपरी पुनर्गठन आवश्यक नरहेको र विशेष महाधिवेशन वा प्रतिनिधि परिषद्को कुरा बेमौसमी बाजा भएको भन्दै कडा असहमति जनाएका छन्।

पार्टी विधान अनुसार विधान महाधिवेशन वा विशेष महाधिवेशन बोलाउन केन्द्रीय कमिटीको निर्णय वा दुईतिहाइ जिल्ला कमिटी र बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर आवश्यक पर्छ। केन्द्रीय कमिटी तथा प्रतिनिधिहरूमा अध्यक्ष ओली पक्षकै स्पष्ट बहुमत रहेकाले पुनर्गठन पक्षधरका लागि प्रक्रियागत रूपमा यो मुद्दा अघि बढाउन असहज देखिएको छ। आगामी भदौ अन्तिम साता बस्ने केन्द्रीय कमिटी बैठकले यस विषयमा औपचारिक निर्णय लिने तयारी गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी