कोशी प्रदेशसभाः मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत प्राप्त

कोशी प्रदेशसभाः मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत प्राप्त

  • सोमवार, भदौ ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

विराटनगर, ८ भदौः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न उहाँले प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम प्रस्ताव पेस गर्नुभएको थियो ।

मुख्यमन्त्री कार्कीको प्रस्तावका पक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्यले मत दिनुभयो । उहाँले ५७ मत प्राप्त गर्नुभएको छ । कोशी प्रदेशसभामा एमालेका ४० र नेकपाका १७ सदस्य छन् । विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले मतदान गर्नुभयो । नेपाली कांग्रेसका २९ सदस्य रहेकामा विपक्षमा २२ मत परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुखसहित पाँच सदस्य छन् । उहाँहरू तटस्थ रहनुभयो ।

जनता समाजवादी पार्टीका एक मात्र प्रदेशसभा सदस्य निर्मला लिम्बू आजको सभामा उपस्थित हुनभएन भने एक जनाले यसअघि राजीनामा दिइसक्नुभएको छ । विश्वासको मतदान प्रक्रियामा ८३ सदस्य सहभागी हुनुभएको थियो । प्रदेशसभाको अर्को बैठक यही भदौ ९ गते दिउँसो १ः०० बजे बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ