कांग्रेस एकताका लागि नैनसिंह महरद्वारा तीन विकल्प प्रस्ताव

कांग्रेस एकताका लागि नैनसिंह महरद्वारा तीन विकल्प प्रस्ताव

  • आइतवार, भदौ ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 285
    SHARES

नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीभित्रको आन्तरिक द्वन्द्व अन्त्य गरी एकता कायम राख्न तीन सूत्रीय विकल्प अघि सार्नुभएको छ। उहाँले पार्टी सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवा दुवैलाई छुट्टाछुट्टै भेटेर ती विकल्पहरूबारे छलफल गर्नुभएको हो।

गत भदौ ४ गते सभापति थापाको ज्ञानेश्वरस्थित सम्पर्क कार्यालयमा भएको भेटवार्तामा महरले पार्टी विभाजन रोक्न दुई शीर्ष नेताबिच सहमति अनिवार्य रहेको बताउनुभयो। त्यसको तेस्रो दिन आइतबार बिहान उहाँ निवर्तमान सभापति देउवालाई भेट्न चुनदेवीस्थित निवास पुग्नुभएको थियो।

महरले दुवै नेतासमक्ष राख्नुभएका तीन विकल्पहरू:

नेतृत्वमा सहमति: १५ औं महाधिवेशनको नेतृत्व दुई जना (गगन थापा र शेरबहादुर देउवा) मध्ये एक जनाले गर्ने गरी आपसमा सहमति खोज्ने।

तेस्रो व्यक्तिमा सहमति: एक अर्कालाई नेतृत्व छाड्न तयार नभएको खण्डमा निष्पक्ष महाधिवेशन गराउन सक्ने तेस्रो व्यक्तिलाई अघि सार्ने।

अदालतको निर्णय स्वीकार गर्ने: पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतबाट आउने अन्तिम फैसलालाई पूर्ण रूपमा मानेर जाने पूर्वसहमति गर्ने।

भेटका क्रममा सभापति थापाले देउवासँग संवादका लागि आफू तयार रहेको र अनौपचारिक छलफल भइरहेको जानकारी दिनुभएको थियो। उता उपचारपछि फर्कनुभएका पूर्वप्रधानमन्त्री देउवाले भने सर्वोच्च अदालतको निर्णय आएपछि मात्रै थप कदम बढाउने र भेटवार्ताको पहल भइरहेको बताउनुभएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी