‘बाटोमा पाएको पद नठान्नुस्, मर्यादा राख्नुस्’: रास्वपा बैठकमा रवि लामिछानेको कडा निर्देशन

‘बाटोमा पाएको पद नठान्नुस्, मर्यादा राख्नुस्’: रास्वपा बैठकमा रवि लामिछानेको कडा निर्देशन

  • बिहिबार, भदौ ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES
RAVI

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री तथा सांसदहरूलाई आफ्नो व्यवहार र कार्यशैलीमा सुधार ल्याउन कडा निर्देशन दिएका छन्। बुधबार काठमाडौँमा आयोजित मन्त्री र सांसदहरूसँगको विशेष छलफलमा लामिछानेले पदको दुरुपयोग नगर्न र संसदीय मर्यादा कायम राख्न सचेत गराएका हुन्।

पार्टीभित्र र सरकारमा सांसदहरूबीच असन्तुष्टि बढेपछि लामिछानेले सो संयुक्त छलफल डाकेका थिए। छलफलका क्रममा सांसदहरूले गृह, उद्योग र कृषि मन्त्रालयको कार्यसम्पादनप्रति प्रश्न उठाएका थिए भने मन्त्रीहरूले आफ्नै सांसदहरू प्रतिपक्षीभन्दा बढी आक्रामक बनेको गुनासो गरेका थिए।

दुवै पक्षको भनाइ सुनेपछि सभापति लामिछानेले मन्त्री फेरबदल नहुने स्पष्ट पार्दै कार्यशैली सच्याएर अघि बढ्न निर्देशन दिए। “राजनीति दीर्घकालीन रूपमा गर्ने हो भने गम्भीर बनौँ। लगानीबिना बाटोमा पद भेटेजस्तो ठानेर हेलचेक्र्याइँ नगर्नुस्,” उनले भने।

लामिछानेले मन्त्रीहरूलाई नियुक्ति तथा मनोनयन गर्दा योग्यता (मेरिटोक्रेसी) र समावेशितालाई ध्यान दिन आग्रह गरे। त्यसैगरी, संसद्‌मा नियमित उपस्थित हुन, प्रतिपक्षी शैलीमा आफ्नै सरकारविरुद्ध नउत्रिन र आफ्ना सम्पूर्ण गतिविधि (भ्रमण, भेटघाट तथा मुद्दाहरू) पारदर्शी बनाउन सांसदहरूलाई निर्देशन दिइएको छ।

पार्टीभित्र अनुशासन कायम राख्न र गतिविधि ट्र्याक गर्न सांसदहरूलाई गुगल फाराम भर्नुपर्ने र ‘आरएसपी पल्स’ एपमा विवरण नियमित अपडेट गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। बैठकले रास्वपा संघीय संसदीय दलको विधान संशोधन गर्न मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल र गणेश कार्की सम्मिलित कार्यदलसमेत गठन गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी