संसद्को बैठक नहुँदा सक्रिय बन्दै विषयगत समिति: आज नौ वटा संसदीय समितिको बैठक बस्दै

संसद्को बैठक नहुँदा सक्रिय बन्दै विषयगत समिति: आज नौ वटा संसदीय समितिको बैठक बस्दै

  • बिहिबार, भदौ ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक नभएको मौकामा आज विषयगत समितिहरू एकाएक सक्रिय बनेका छन्। प्रतिनिधिसभाको बैठक भदौ ८ गते र राष्ट्रियसभाको बैठक शुक्रबारका लागि तय गरिएकाले आज एकै दिन नौ वटा संसदीय समितिको बैठक बस्न लागेको हो।

आज बस्ने प्रमुख संसदीय समितिहरू र तिनका कार्यसूची यस प्रकार रहेका छन्:

अर्थ समिति (बिहान ११ बजे): अर्थमन्त्री र अर्थसचिवको उपस्थितिमा ‘नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल हुने।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति (बिहान ११ बजे): ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपाल (हान) लगायतका सरोकारवालाहरूसँग छलफल गरिने।

राज्य व्यवस्था तथा सुशासन समिति (बिहान ११ बजे): अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूसँग आयोगको काम कारबाहीलगायतका विषयमा छलफल हुने।

उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति (बिहान १० बजे): समितिमा परेका विभिन्न उजुरीहरूमाथि छलफल गरिने।

कृषि तथा प्राकृतिक स्रोत समिति (बिहान १० बजे): रासायनिक मलको प्रयोग क्रमशः घटाउँदै प्राङ्गारिक मलको उत्पादन र बिक्री वितरण सुधार गर्ने विषयमा मल उत्पादकहरूसँग छलफल हुने।

पूर्वाधार विकास समिति (बिहान १० बजे): अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको ‘बागमती ब्युटिफिकेसन आयोजना’बारे समीक्षा गरिने।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति (बिहान १० बजे): ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ का विषयमा छलफल हुने।

सार्वजनिक लेखा समिति (बिहान १० बजे): नेपालले प्राप्त गर्ने वैदेशिक सहायताको लेखापरीक्षण सम्बन्धमा छलफल हुने।

विधायन व्यवस्थापन समिति (अपराह्न १ बजे): विधायिकी अन्तरसम्बन्धका विषयमा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गरिने कार्यसूची रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी