सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

  • बुधबार, भदौ ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 703
    SHARES

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले आफ्नो पक्षमा स्पष्ट बहुमत सिद्ध गर्नुभएको हो।

बैठकमा मुख्यमन्त्री भट्टद्वारा प्रस्तुत विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत खसेको सभामुख भीमबहादुर भण्डारीले सभालाई जानकारी गराउनुभयो। प्रस्तावको विपक्षमा १५ मत खसेको थियो भने मत विभाजन प्रक्रियामा कुल ४६ जना सांसदहरू सहभागी भएका थिए।

गत साउन २९ गते नेकपा संसदीय दलका नेता भट्ट नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो।

हाल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सत्ता गठबन्धनका तर्फबाट नेकपाका २२ (सभामुख र निलम्बित सांसदसहित) र एमालेका ११ जना सांसद रहेका छन्। प्रतिपक्षमा नेपाली कांग्रेसका १७ र राप्रपाका १ जना सांसद रहेका छन् भने २ वटा प्रदेश सभा सदस्य पद हाल रिक्त रहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी