बालुवाटारमा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबिच ५० मिनेट छलफल, तिक्तता घटाउने प्रयास

बालुवाटारमा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबिच ५० मिनेट छलफल, तिक्तता घटाउने प्रयास

  • सोमवार, साउन २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 190
    SHARES

मर्मिरे अनलाइन
काठमाडौँ, साउन २५। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबिच करिब ५० मिनेट समसामयिक राजनीतिक विषयमा छलफल भएको हो।

पछिल्लो समय दुई नेताबिच दूरी बढ्दै गएको चर्चा चलिरहेका बेला सभापति लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नुभएको हो। भेटमा सरकार र सत्ता साझेदार दल रास्वपाबिचको समन्वय तथा पछिल्ला राजनीतिक घटनाक्रमबारे कुराकानी केन्द्रित भएको रविनिकट स्रोतले जनाएको छ।

खासगरी जनजीविका र सरकारको कार्यशैलीका विषयमा रास्वपा सांसदहरूले संसदमा आलोचना गरेपछि दुई पक्षबिच तिक्तता बढेको विश्लेषण गरिएको थियो। रविनिकट नेताहरूले प्रधानमन्त्री सचिवालयको घेरामा सीमित भएको आरोप लगाउँदै आएका छन् भने सभापति लामिछानेले समेत सरकारलाई ट्र्याकमा ल्याउन रचनात्मक दबाब दिइने अभिव्यक्ति दिनुभएको थियो।

उता, रास्वपाका नेता-सांसदहरूबाट निरन्तर भइरहेको आलोचनाप्रति प्रधानमन्त्री बालेन पक्ष असन्तुष्ट रहँदै आएको छ। गत शुक्रबार राति प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणालाई पनि राजनीतिक वृत्तमा ‘एक्लिएको संकेत’ का रूपमा हेरिएको थियो।

यसै पृष्ठभूमिमा भएको आइतबार साँझको भेटवार्तालाई दुई नेताबिच बढ्दै गएको अविश्वास र तिक्तता मेट्ने प्रयासका रूपमा लिइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी