मानसिक स्वास्थ्यप्रति सचेतना बढाउन ‘मानसिक स्वास्थ्य सेमिनार’ सम्पन्न

मानसिक स्वास्थ्यप्रति सचेतना बढाउन ‘मानसिक स्वास्थ्य सेमिनार’ सम्पन्न

  • आइतवार, साउन २४, २०८३
  • रमा पन्थी

  • 399
    SHARES

काठमाडौं। मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘मानसिक स्वास्थ्य सेमिनार’ सम्पन्न भएको छ। सिस्टरहुड नेपालको सहयोगमा आयोजित सेमिनारमा तनाव व्यवस्थापन, प्रसवपश्चात् डिप्रेसन, आत्महत्या रोकथाम, आत्महेरचाह तथा मानसिक स्वास्थ्यसम्बन्धी व्यावहारिक सीपका विषयमा सहभागीलाई जानकारी तथा अभ्यास गराइएको थियो।
सेमिनारमा प्रशिक्षक तथा मनोबिमर्सकर्ता सेजल गेलालले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यजत्तिकै प्राथमिकता दिनुपर्नेमा जोड दिँदै दैनिक जीवनमा देखिने तनाव, भावनात्मक समस्या तथा मानसिक असहजतालाई समयमै पहिचान गरी आवश्यक सहयोग लिनुपर्ने बताइन।
कार्यक्रममा तनाव व्यवस्थापन अन्तर्गत तनावका कारण तथा असर पहिचान, तनाव कम गर्ने उपाय र श्वासप्रश्वाससम्बन्धी अभ्यास गराइएको थियो। त्यस्तै, प्रसवपश्चात् डिप्रेसनका लक्षण, कारण तथा सहयोगका उपायबारे छलफल गरिएको थियो।
सेमिनारको महत्वपूर्ण विषयका रूपमा रहेको आत्महत्या रोकथाम सत्रमा चेतावनीका संकेत पहिचान गर्ने, जोखिममा रहेका व्यक्तिसँग कसरी संवाद गर्ने र आवश्यक सहयोग तथा सेवातर्फ कसरी जोड्ने भन्नेबारे सहभागीलाई जानकारी दिइएको थियो।
त्यसैगरी भूमिका अभिनय (Role Play) तथा व्यावहारिक सीपमार्फत मानसिक समस्यामा रहेका व्यक्तिसँग सहयोगी संवाद कसरी गर्ने भन्ने अभ्यास गराइएको थियो। कार्यक्रममा Self-care तथा Action Plan अन्तर्गत सहभागीलाई आफ्नो मानसिक स्वास्थ्यका लागि व्यक्तिगत कार्ययोजना बनाउनसमेत प्रेरित गरिएको थियो।
सेमिनारमा प्रश्नोत्तर, क्विज, प्रतिक्रिया तथा कार्यक्रमबाट प्राप्त मुख्य सिकाइको पुनरावलोकनसमेत गरिएको थियो।
आयोजकका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी विषयमा खुलेर संवाद गर्ने वातावरण निर्माण गर्नु, समस्या पहिचान गर्न सक्ने क्षमता विकास गर्नु र आवश्यक पर्दा समयमै सहयोग लिन प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।
“मानसिक स्वास्थ्य महत्वपूर्ण छ, यसबारे कुरा गरौँ र आवश्यक सहयोग लिन हिचकिचाउनु हुँदैन” भन्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी