मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

  • शुक्रबार, साउन २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 209
    SHARES

जनकपुरधाम, २२ साउनः मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका छन् ।

पछिल्ला पाँच वर्षमा ९९ वटा ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय जनकपुरधामका प्रशासन प्रमुख कालिचरण यादवले राससलाई जानकारी दिनुभयो ।

उहाँले ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार महँगो मूल्यमा बिक्री हुने भएकाले चोरीको घटना बढेको बताउनुभयो ।

महोत्तरीबाट ३५, बारामा १५, धनुषामा १४, रौतहटमा १०, सर्लाही र सिरहामा नौ÷नौ वटा, सप्तरीमा तीन वटा तथा पर्सामा दुई वटा ट्रान्सफर्मर चोरी भएका हुन् । चोरी भएका ट्रान्सफर्मरको क्षमता १५ केभिएका देखि २०० केभिएका छन् ।

ट्रान्सफर्मर चोरीले किसानलाई प्रत्यक्ष प्रभाव परेको छ । भनेको बेलामा सिँचाइ गर्न नपाएकाले उनीहरु प्रभावित भएका हुन् । कृषकले दोषीलाई शीघ्र पक्राउ गरी नयाँ ट्रान्सफर्मर जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले चोरी भएका ट्रान्सर्फमरको खोजी कार्य भइरहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी