सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’: प्रधानमन्त्री बालेनको भनाइमा रास्वपा सांसद मनिष झाको जवाफ

सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’: प्रधानमन्त्री बालेनको भनाइमा रास्वपा सांसद मनिष झाको जवाफ

  • शनिबार, साउन २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 437
    SHARES

 

 

 

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले परिवर्तनको महान् जनादेश पाएको सरकारमा कोही पनि एक्लो नरहेको बताएका छन्।

प्रधानमन्त्री बालेन शाहले शुक्रबार मध्यराति सामाजिक सञ्जालमा ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्दै लेखेको भावुक स्टाटसलाई लक्षित गर्दै सांसद झाले सिङ्गो पार्टी र जनप्रतिनिधिहरू सरकारको साथमा रहेको प्रस्ट पारेका हुन्।

शनिबार सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत प्रतिक्रिया दिँदै सांसद झाले लेखेका छन्:

“परिवर्तनका लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ।”

 

‘एक्लै लड्नुपर्छ’ भन्ने बालेनको स्टाटस र झाले दिएको ढाडस

संसद्‌मा सत्तारूढ दलकै सांसदहरूबाट आलोचना भएपछि प्रधानमन्त्री बालेन शाहले शुक्रबार मध्यराति लेखेका थिए— “सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।”

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि सांसद झाले सरकारलाई खबरदारी र समर्थन दुवै जारी रहने स्पष्ट पारेका हुन्।

“हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्,” सांसद झाले भनेका छन्, “यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ। जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन।”

सांसद झाले संसद्‌मा उठाएका विषयहरू सरकारलाई सचेत गराउन र सुधारका लागि भएको दोहोर्‍याउँदै ऐतिहासिक जनादेश पाएको सरकारलाई असफल हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी