प्रधानमन्त्रीले राज्यका महत्त्वपूर्ण निकायका प्रमुखलाई हतोत्साहित गरिरहेका छन्: कांग्रेस सभापति गगन थापा

प्रधानमन्त्रीले राज्यका महत्त्वपूर्ण निकायका प्रमुखलाई हतोत्साहित गरिरहेका छन्: कांग्रेस सभापति गगन थापा

  • शुक्रबार, साउन २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 912
    SHARES

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीहरूबिना नै बैठक बस्ने र राज्यका महत्त्वपूर्ण निकायका प्रमुखहरूलाई हतोत्साहित गराउने कार्य गरिरहेको आरोप लगाएका छन्।
शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभापति थापाले वर्तमान सरकारको कार्यशैली र जिम्मेवार पदाधिकारीहरूको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका हुन्।
लोकतान्त्रिक पद्धतिमा विधिको शासन सर्वोपरि हुने उल्लेख गर्दै थापाले कानुनभन्दा माथि कोही पनि हुन नसक्ने स्मरण गराए।

 ‘मुख्य व्यक्तिको कार्यशैली नै अराजक भएपछि तल्लो तहसम्म प्रभाव पर्यो’

सरकार सञ्चालनमा देखिएको शैलीप्रति टिप्पणी गर्दै सभापति थापाले मन्त्री र सांसदहरूबाटै उत्तेजक तथा धम्कीपूर्ण अभिव्यक्तिहरू सार्वजनिक हुनुले विधिको शासनलाई नै चुनौती दिएको जिकिर गरे।
“प्रधानमन्त्रीले मन्त्रीहरूबिना नै बैठक गर्ने र राज्यका महत्त्वपूर्ण निकायका प्रमुखहरूलाई हतोत्साहित गर्ने काम गरिरहनुभएको छ,” थापाले भने, “मुख्य व्यक्तिको कार्यशैली नै अराजक भएपछि त्यसको प्रभाव तल्लो तहसम्म पुगेको छ। लोकतन्त्रको आत्मा भनेकै कानुनको शासन हो, तर वर्तमान सरकारमा प्रचण्ड बहुमतको अहंकार देखिएको छ, जसले शासकीय अराजकता निम्त्याएको छ।”

 ‘नागरिकको भरोसा राज्यबाट टुट्दै छ, तर कांग्रेस आन्दोलनमा घिउ थप्दैन’

विभिन्न माग राखेर आन्दोलनरत लघुवित्त र सहकारी पीडित, शिक्षक, नर्स तथा चिकित्सकका समस्या समाधानमा सरकार गम्भीर नभएको उनको आरोप छ। सरकारले गरेका सम्झौताहरू कार्यान्वयन नहुँदा नागरिकको भरोसा राज्यबाटै टुट्दै जाने खतरा उनले औँल्याए।
“अहिले नागरिकहरूमा ठूलो आक्रोश छ। यस्तो बेला कांग्रेसले आन्दोलनमा घिउ थप्ने काम गर्दैन,” थापाले स्पष्ट पारे, “हाम्रो मुख्य जिम्मेवारी भनेको नागरिकको भरोसा राज्यमाथि कायम राख्नु र सरकारलाई आफ्ना सम्झौताप्रति जवाफदेही बनाउनु हो।”
प्रतिपक्षको भूमिकाबारे स्पष्ट पार्दै थापाले कांग्रेसले जिम्मेवार राजनीतिक दलका रूपमा सरकारलाई उत्तरदायी बनाउन निरन्तर दबाब दिने बताए। कांग्रेसको मूल आदर्श र सिद्धान्त नै विधिको शासन र लोकतन्त्र भएकाले वर्तमान प्रतिकूल अवस्थामा जनतालाई सम्हाल्ने र लोकतान्त्रिक मूल्यको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा रहेको उनको भनाइ थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी