दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार

  • शुक्रबार, साउन २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 836
    SHARES

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार

काठमाडौँ: सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। उनकी श्रीमती दिप्ती बस्नेतले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश शान्तिसिंह थापाको इजलासले अन्तरिम आदेशमार्फत थुनामुक्त गर्न अस्वीकार गरेको हो।

अदालतले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहितका विपक्षीहरूका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ। निवेदकको मागअनुसार आदेश किन जारी हुनु नपर्ने हो, त्यसको आधार र कारणसहित ३ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सर्वोच्चले आदेश दिएको छ।

सरकारी स्वामित्वमा आएको स्मार्ट टेलिकमको अर्बौँको सम्पत्ति गैरकानुनी रूपमा खरिदबिक्री गरेको आरोपमा भण्डारी साउन १५ गते पक्राउ परेका थिए। सीआईबीले उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात र सङ्गठित अपराधको कसुरमा अनुसन्धान अघि बढाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी