मृतक मेहताका परिवारसँगको संवाद सकारात्मक, शव परीक्षणका लागि तयार

मृतक मेहताका परिवारसँगको संवाद सकारात्मक, शव परीक्षणका लागि तयार

  • मङ्लबार, साउन १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

काठमाडौँ, १९ साउनः सरकार र मृतक रवीन्द्र मेहताका परिवारका सदस्यसँग भएको संवाद सकारात्मक भएको छ । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा आज शिक्षण अस्पताल महारागजञ्मा भएको छलफलमा सरकारका तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्न पूर्ण प्रतिबद्धता व्यक्त गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्रीले मृतकका आफन्तलाई घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन सरकार तयार रहेको आश्वासन दिनुभयो । वार्तामा सहभागी आफन्तले मृतकका बुबाआमासँग अहिले सल्लाह गरेपछि मात्रै भोलि थप छलफल गर्ने बताउनुभएको छ । उहाँहरूले अहिले मेहताका शव बुझेर परीक्षणका लागि शिक्षण अस्पतालमा पठाउन सहमति जनाउनुभएको छ ।

सरकार र परिवारबीचको संवाद सकारात्मक दिशामा अघि बढेको र भोलि पुनः छलफल गरी सहमतिलाई अन्तिम रूप दिने तयारी रहेको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा यही साउन १० गते राति भएको घटनामा घाइते भएका २२ वर्षीय रवीन मेहताको आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी