रास्वपा सांसदसँग प्रधानमन्त्रीको छलफल, सरकारका राम्रा काम संसद्मा उठाउने प्रतिबद्धता

रास्वपा सांसदसँग प्रधानमन्त्रीको छलफल, सरकारका राम्रा काम संसद्मा उठाउने प्रतिबद्धता

  • मङ्लबार, साउन १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 608
    SHARES

काठमाडौँ, १९ साउन : सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सरकारले गरेका राम्रा कामबारे संसद्मा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उहाँहरूले सरकारले सुशासनका क्षेत्रमा उल्लेखनीय काम गरेको प्रशंसा गर्दै सरकारका राम्रा कामबारे जनतालाई सुसूचित गराउने उद्देश्यले संसद्मामार्फत जनतालाई जानकारी गराउने उल्लेख गर्नुभयो । छलफलमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका विषय पनि प्रधानमन्त्रीसमक्ष राख्नुभएको थियो ।

कैलाली–४ का सांसद खेमराज कोइरालाले प्रधानमन्त्रीले आफ्ना भनाइ सहज रूपमा ग्रहण गर्नुभएको उल्लेख गर्नुभयो । “मैले गेटा विश्वविद्यालय सञ्चालनका सम्बन्धमा कुरा राखेँ । त्यसबाहेक कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपायाको समस्या समाधानका लागि पनि कुरा राखेको छु,” उहाँले भन्नुभयो, “धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याक र विद्युतीकरणका विषय पनि उठाएका छौँ, हामीले राखेका विषयमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।”

कैलाली–२ का सांसद केपी खनालले कैलालीको चिसापानीदेखि महेन्द्रनगरसम्म छाडा चौपायाको व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण, तटबन्ध निर्माण, गेटा विश्वविद्यालयमा ३०० शय्याको अस्पताल व्यवस्थापन तथा पार्टीका गतिविधिका विषयमा प्रधानमन्त्रीसमक्ष कुरा राखेको र प्रधानमन्त्री समस्या समाधानप्रति सकारात्मक रहनुभएको बताउनुभयो ।

बैतडीका सांसद हरिमोहन भण्डारीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना तथा अन्य स्थानीय समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो ।
कञ्चनपुर–१ का सांसद जगतसिंह धामीले सीमा व्यवस्थापन, भन्सारका समस्या, आरक्षपीडितका समस्या, हुलाकी सडक, किसानका लागि धान खरिद–बिक्री तथा दोधारा–चाँदनी क्षेत्रमा नदी कटानका विषय प्रधानमन्त्री समक्ष राख्नुभयो । त्यस अवसरमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायत सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी