प्रतिनिधिसभा आकस्मिक समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा आकस्मिक समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

  • मङ्लबार, साउन १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 855
    SHARES

काठमाडौँ, १९ साउनः प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी पहिरो, चिकित्सक अभाव एवं रेविजका सङ्क्रमणका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले जाजरकोट, डोल्पा र रुकुम पश्चिमका नागरिकले भेरी खोरिडोरको खोलामा पूल निर्माण हुन नसक्दा आवतजावत र ती जिल्लामा खाद्यान्न पु¥याउन समस्या भएको भन्दै चाँडे निर्माण गर्न सरकारसँग माग गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) सांसद लेखजङ्ग थापाले पाँचथर जिल्लाका विभिन्न क्षेत्रमा रेविज सङ्क्रमण फैलिएको भन्दै रोकथामका लागि सरकारसँग अपिल गर्नुभयो । उहाँले ५० भन्दाबढी जनावरमा लक्षण देखिएको र १५ वटा जनावर मरिसकेको जानकारी गराउनुभयो ।

नेकपाका सांसद रमेशकुमार मल्लले चिकित्सा शिक्षा आयोगले गत असार ११ गते सार्वजनिक गरेको शैक्षिक क्यालेन्डरअनुसार साउनको पहिलो हप्तामा चिकित्सा शिक्षासम्बन्धी १७ वटा शैक्षिक कार्यक्रमका लागि आवेदनको सूचना सार्वजनिक गर्नुपर्नेमा सरकारले आयोगका पदाधिकारीलाई अध्यादेशमार्फत पदमुक्त गरेपछि अन्योलमा परेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

रास्वपाका सांसद शम्भुकुमार यादवले सुनसरी घटनाको विषयलाई लिएर राज्य सचेत हुनुपर्नेमा जोड दिँदै आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सरकारले ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

रास्वपाका सांसद भरत पराजुलीले विपी राजमार्गमा साउन १८ गते सिन्धुलीमा बस र कारको ठक्करमा परी चारजना सवार सुनकोसी नदीमा परेको तर अहिलेसम्म खोजी हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

रास्वपाका सांसद अरविद साहले सुनसरी घटनाको विषयमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र आगामी दिनमा त्यस्ता घटना दोहरिन नदिन सरकार सचेत हुनुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी