खाद्य विभागको अनुगमन: भक्तपुरको जय शम्भु डेरीको ४ हजार लिटर न्यूनस्तरको दूध नष्ट

खाद्य विभागको अनुगमन: भक्तपुरको जय शम्भु डेरीको ४ हजार लिटर न्यूनस्तरको दूध नष्ट

  • सोमवार, साउन १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

काठमाडौँ, १८ साउन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनलाई तीव्र पार्दै दुई वटा खाद्य उद्योगमा निरीक्षण गरेको छ। विभागमा प्राप्त उजुरी र गुनासोको आधारमा गरिएको अनुगमनका क्रममा भक्तपुरस्थित जय शम्भु डेरी उद्योग प्रा. लि.मा गम्भीर लापरबाही भेटिएको छ।

विभागले जारी गरेको विवरण अनुसार, भक्तपुर नगरपालिका–०८, लिवालीस्थितउक्त उद्योगमा अनुगमन गर्दा प्रयोगशाला परीक्षणका लागि दूधको नमुना संकलन गरिएको थियो।

विभागको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त दूधमा फ्याट (Fat) २.४ प्रतिशत र एसएनएफ (SNF) ७.८ प्रतिशत मात्र पाइएको छ, जुन निर्धारित मापदण्ड भन्दा कम (न्यूनस्तरको) हो। दूध न्यूनस्तरको पाइएपछि विभागले तत्काल ४,००० लिटर दूध रोक्का गरी स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरेको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माले जानकारी दिनुभयो। निरीक्षणका क्रममा उक्त डेरीको सरसफाइ सामान्य रहेको र दही चिस्यानमा भण्डारण गरिएको पाइएको थियो।

त्यसैगरी, विभागको टोलीले कागेश्वरी मनोहरा–०७ स्थित ए वान पोलीमर एण्ड वेभेरेज प्रा. लि. मा पनि अनुगमन गरेको छ।

सो उद्योगमा निरीक्षण गर्दा टायल टुटेफुटेको, उद्योगको बाहिरी अवस्था अव्यवस्थित रहेको र सरसफाइ सामान्य रहेको पाइएको थियो। यद्यपि, कामदारहरूको व्यक्तिगत सरसफाइ भने सन्तोषजनक रहेको विभागले जनाएको छ।

विभागले सो उद्योगलाई सरसफाइ नियमित गर्न र व्यक्तिगत सरसफाइमा थप ध्यान दिन निर्देशन दिएको छ। साथै, थप अनुसन्धानका लागि प्रयोगशाला परीक्षणार्थ नमुना संकलन गरिएको विभागले जनाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने यस्ता खाद्यान्न तथा पेय पदार्थ व्यवसायीहरूमाथि निरन्तर अनुगमन र कारबाही गरिने जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी