बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

  • सोमवार, साउन १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

काठमाडौँ, १८ साउनः राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी, एलपी ग्यासको अभाव, दलित समुदायमाथिको विभेद, सीमा विवाद र जनस्वास्थ्यसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा सांसद कृष्णबहादुर रोकायले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको बताउनुभयो । सांसद विष्णुकुमारी सापकोटाले महँगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको, खाद्यवस्तुको मूल्यवृद्धि बढ्दै गएको तथा विषादीयुक्त खाद्य पदार्थका कारण जनस्वास्थ्यमा गम्भीर असर पुग्न गएको बताउनुभयो ।

सांसद पदमबहादुर परियारले दलित समुदायमाथि हुने विभेद अन्त्य नभएको उल्लेख गर्नुभयो । सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा विवाद समाधानका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद रेणु चन्दले सुदूरपश्चिमकी पूजा धानुकको मृत्यु प्रकरणमा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न सरकारसँग माग गर्नुभयो । सांसद विष्णुदेवी पुडासैनीले १० वर्षदेखि निष्क्रिय रहेका बैंक खाताको रकम सार्वजनिक हितमा उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

यस्तै विशेषसमयमा बोल्दै सांसद सम्झना देवकोटाले कोशी प्रदेशको सुनसरी र मधेस प्रदेशमा देखिएको साम्प्रदायिक तनाव न्यूनीकरणका लागि सरकार र स्थानीय तहले सक्रिय पहल गर्नुपर्ने बताउनुभयो । उहाँले युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै समाजमा आपसी सद्भाव कायम गर्नतर्फ सरकार अग्रसर हुनुपर्ने बताउनुभयो ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले मानव बेचविखनका नयाँ स्वरूप देखिन थालेको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी रणनीति आवश्यक रहेको बताउनुभयो । बेरोजगारीका कारण रोजगारीको खोजीमा विदेश जाने क्रममा महिला, पुरुष तथा बालबालिका हराउने र मानव तस्करीको जोखिममा पर्ने घटना बढिरहेको उल्लेख गर्दै उहाँले यसको रोकथाममा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले लामो समयदेखि समाधान हुन नसकेको सुकुमवासी समस्यालाई पनि प्राथमिकताका साथ समाधान गर्न सरकारसँग माग गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी