धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

  • शनिबार, साउन १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

जनकपुरधाम, १६ साउनः धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ ।

कर्फ्युका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका सवारी साधनलगायतका अत्यावश्यक सेवाहरू सुचालु रहने छन् ।

त्यसैगरी, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल आउजाउ गर्ने यात्रीलाई सम्बन्धित निकायबाट जारी भएको परिचयपत्र, हवाई टिकटका आधारमा आवतजावत गर्न दिइने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी