राष्ट्रियसभा आकस्मिक समय: सामाजिक सद्भाव कायम गर्न सांसदहरूको अपिल

राष्ट्रियसभा आकस्मिक समय: सामाजिक सद्भाव कायम गर्न सांसदहरूको अपिल

  • शुक्रबार, साउन १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 988
    SHARES

काठमाडौँ, १५ साउनः राष्ट्रियसभा बैठकको आकस्मिक समयमा सांसदहरूले देशमा सामाजिक सद्भाव कायम गरी धार्मिक तथा जातीय एकतामा जोड दिन अपिल गर्नुभएको छ ।

सांसद आनन्दप्रसाद ढुङ्गानाले सुनसरीको घटनाले धार्मिक द्वन्द्वले समाजको सद्भाव बिथोल्ने हुँदा देश एकतामा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले तत्काल सुनसरीको घटनाको समाधान खोज्नसमेत आग्रह गर्नुभयो ।

सांसद पूजा चौधरीले देशमा हिन्दू, मस्लिम, सिख, बुद्ध, इसाईलगायत सबै धर्म आस्थाले एकबद्ध रहेको बताउनुभयो । नेपालमा सबै जात, समुदाय, धर्मको भाइचारा सम्बन्ध रहेको बताउँदै यो एकतालाई कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

सांसद जयन्तीदेवी राईले साउन ११ गते आइतबार डिजेबाजा र धार्मिक झण्डाका विषयमा उठेको स्थानीयबीच विवादको उठान गर्नुभयो । उहाँले दङ्ग सुरु हुनपूर्व नै सरकारले समाधानको बाटो रोज्नुपर्थ्यो भन्नुभयो ।

सांसद रोश्नी मेचेले सरकारले संवेदनशील भएर सुनसरीको घटनाको समाधान बेलैमा गर्नुपर्ने बताउनुभयो । “यो देश निर्माण हामी सबै जातजाति मिलेर निर्माण गरेको हो”, उहाँले भन्नुभयो, “पीडित परिवारलाई पूर्ण न्याय र क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ ।”

सांसद तुलप्रसाद विश्वकर्माले सम्पूर्ण देशवासीलाई संयमित रहन, जातिय, धार्मिक हिंसा भड्काउने कुरामा सहभागी नहुन र देशलाई शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्न अपिल गर्नुभयो । सुनसरीबाट सुरु भएको साम्प्रदायिक द्वन्द्व फैलिन नदिन सरकारले बेलैमा कदम चाल्नुपर्ने सुझाव दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी