गृहमन्त्री गुरुङ सिरहा पुगेर गोलबजारमा झडपका क्रममा ज्यान गुमाएका युवकको परिवारलाई भेट्ने

गृहमन्त्री गुरुङ सिरहा पुगेर गोलबजारमा झडपका क्रममा ज्यान गुमाएका युवकको परिवारलाई भेट्ने

  • शुक्रबार, साउन १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

साउन १५, सिरहा । गृहमन्त्री सुधन गुरुङ सिरहा पुगेर गोलबजारमा झडपका क्रममा ज्यान गुमाएका युवकको परिवारलाई भेट्दै छन् । गोलबजारमा झडपका क्रममा बिहीबार गोली लागेर ज्यान गुमाएका युवकको परिवारलाई भेट्न उनी सिरहा जान लागेका हुन् ।

गोलबजारमा बिहीबार सुरक्षाकर्मीको गोली लागेर औरही गाउँपालिका-२ तुलसीपुरका १७ वर्षीय गणेश यादवको ज्यान गएको थियो । गृहमन्त्री गुरुङ आज दिउँसो मृतकको घर पुगेर परिवारलाई भेट्ने कार्यक्रम छ ।

सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार, गुरुङ अहिले बिराटनगरमै छन् । ‘मन्त्रीज्यू अहिले बिराटनगरमै हुनुहुन्छ, केही समयपछि त्यहाँबाट हिँड्नुहुन्छ,’ उनले भने, ‘दुई-तीन बजे आइपुग्नुहुन्छ होला ।’

झडपका क्रममा अर्का युवक धनुषाको धनुषाधाम नगरपालिका-८ धारापानी कुम्हराका १९ वर्षीय सुभाष ठाकुरलाई पनि गोली लागेको छ । उनको धरानमा उपचार भइरहेको छ ।

उता सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान ५ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै जिल्लामा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी आदेशअनुसार राजविराज नगरपालिकाभित्र पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जुडनी–ढलही, उत्तरमा रूपनी रोडको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहर (विष्णुपुर गाउँपालिका सीमा) सम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी