सिंहदरबारमा सर्वदलीय बैठक सुरु, समसामयिक विषयमा छलफल हुँदै

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, समसामयिक विषयमा छलफल हुँदै

  • बुधबार, साउन १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

काठमाडौँ। सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रधानमन्त्री रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बैठक बसेको हो।

सभापति लामिछानेले सुनसरी घटनालगायत मुलुकको पछिल्लो समसामयिक राजनीतिक तथा सामाजिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको हो।

केही बेरअघि सुरु भएको बैठकमा प्रमुख दलका शीर्ष नेताहरूको उपस्थिति रहेको छ। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन तथा सांसद खुस्बु ओलीलगायतका नेताहरू सहभागी हुनुहुन्छ।

बैठकमा हालै सुनसरीमा सल्किएको विवाद र त्यसले निम्त्याउन सक्ने सुरक्षा चुनौतीका साथै शान्ति सुरक्षा चुस्त राख्ने र राष्ट्रिय सहमति निर्माण गर्ने विषयमा छलफल भइरहेको बुझिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी