सुनसरी घटनालाई लिएर रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक, सामाजिक सद्भाव कायम राख्न अपिल गरिने

सुनसरी घटनालाई लिएर रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक, सामाजिक सद्भाव कायम राख्न अपिल गरिने

  • मङ्लबार, साउन १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

काठमाडौँ, १२ साउन । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटना लगायत मुलुकको पछिल्लो परिस्थितिबारे छलफल गर्न बुधबार सर्वदलीय बैठक आह्वान गर्नुभएको छ।

बुधबार बिहान ८:०० बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बस्ने गरी बैठक बोलाइएको रास्वपा महामन्त्री विपिन आचार्यले जानकारी दिनुभयो।

मुलुकमा विकसित संवेदनशील र दुःखद घटनाका कारण उत्पन्न असहज अवस्थामा सामाजिक द्वेष फैलिन नदिन र सद्भाव कायम राख्न राजनीतिक दलहरूबीच साझा धारणा बनाउन यो बैठक डाकिएको रास्वपाले जनाएको छ।

महामन्त्री आचार्यद्वारा जारी संक्षिप्त प्रेसनोटमा भनिएको छ, “शान्ति सुरक्षा र सद्भाव कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकता बोध भएकाले यो छलफल आयोजना गरेका हौँ।”

बैठकमा सहभागी हुन संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पत्राचार गरिएको छ। यसका साथै उपेन्द्र यादव (जसपा नेपाल), महन्थ ठाकुर (लोसपा) र डा. सीके राउत (जनमत पार्टी) नेतृत्वको दललाई समेत छलफलमा आमन्त्रण गरिएको छ।

बैठकका लागि सभापति लामिछाने आफैँले विभिन्न दलका शीर्ष नेताहरूलाई टेलिफोन गरेर आमन्त्रण गरिरहनुभएको रास्वपाले जनाएको छ। सुनसरीमा विकसित पछिल्लो घटनाक्रमले निम्त्याउन सक्ने सम्भावित सामाजिक सद्भावको संकट टार्न दलहरूले गर्ने सामूहिक अपिललाई यस बैठकमा मुख्य एजेन्डा बनाइनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी