निर्वाचन आयुक्तका प्रस्तावित उम्मेदवारहरूको संसदीय सुनुवाइ आजदेखि सुरु

निर्वाचन आयुक्तका प्रस्तावित उम्मेदवारहरूको संसदीय सुनुवाइ आजदेखि सुरु

  • मङ्लबार, साउन १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

१२ साउन, काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । आज बिहान सवा ११ बजेका लागि बोलाइएको उक्त बैठकमा निर्वाचन आयोगका लागि प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने कार्यसूची रहेको छ ।

संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं) को नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसअघि गत साउन ५ गते बसेको समितिको बैठकले प्रस्तावित दुई जना आयुक्तहरूलाई साउन १२ गते (आज) र प्रस्तावित प्रमुख आयुक्तलाई साउन १३ गते (भोलि) प्रस्तुतीकरणका लागि बोलाउने निर्णय गरेको थियो । समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार दुवै दिनको बैठक बिहान सवा ११ बजे बस्नेछ ।

संसदीय सुनुवाइ समितिले सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

सुनुवाइ सुरु हुनुअघि प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूविरुद्ध परेका उजुरी तथा उनीहरूले पेस गरेको कार्ययोजनामाथि विस्तृत अध्ययन गरिने समितिले जनाएको छ । सुनुवाइसँग सम्बन्धित आवश्यक कागजात र डकुमेन्टहरू अध्ययनका लागि समिति सदस्यहरूलाई यसअघि नै इमेलमार्फत पठाइसकिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी