सत्ता समीकरण फेरिएपछि लुम्बिनीका कांग्रेस मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै

सत्ता समीकरण फेरिएपछि लुम्बिनीका कांग्रेस मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै

  • आइतवार, साउन १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

मर्मिरे अनलाइन, बुटवल । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच देशका सातै प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन्।

कांग्रेस केन्द्रीय समितिले अघिल्लो महिना नै एमालेसँगको सत्ता सहकार्य अन्त्यको निर्णय गरिसकेको भए पनि लुम्बिनीका मन्त्रीहरू सरकारमै थिए। तर, शनिबार एमाले र नेकपाबीच औपचारिक सहमति बनेपछि एमाले नेतृत्वको सरकारमा बसिरहन नैतिक सङ्कट परेकाले कांग्रेसका मन्त्रीहरू बाहिरिन लागेका हुन्।

उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेका अनुसार मन्त्रीहरू भेला भएर सम्भव भएसम्म आजै मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा बुझाउने तयारी छ।

यी हुन् राजीनामा दिने कांग्रेसका ५ मन्त्री:
सरोज थापा – शहरी विकास तथा खानेपानी

धनेन्द्र कार्की – आर्थिक मामिला

प्रचण्डविक्रम न्यौपाने – उद्योग, पर्यटन तथा यातायात

जन्मजय तिमिल्सेना – सामाजिक विकास

देवकरण कलवार – वन तथा वातावरण

अंकगणित: एमाले-नेकपा गठबन्धनलाई स्पष्ट बहुमत
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल ८३ जना सांसद कायम छन्। प्रदेशमा नयाँ सरकार बनाउन वा बहुमत सिद्ध गर्न ४२ सांसदको समर्थन आवश्यक पर्छ।

एमाले: २९

नेकपा: १३ (सभामुखसहित)

जम्मा: ४२ सांसद

एमाले र नेकपा मिल्दा मात्रै बहुमत (४२ सीट) पुग्ने देखिन्छ। यसबाहेक पूर्व माओवादी पृष्ठभूमिका एक स्वतन्त्र सांसद (खड्गबहादुर बस्नेत) ले पनि नयाँ गठबन्धनलाई नै सघाउने दुवै दलको विश्वास छ।

विवाद र सहकार्य भङ्गको पृष्ठभूमि
२०८१ साउन ७ गते एमालेका चेतनारायण आचार्यको नेतृत्वमा कांग्रेस-एमाले गठबन्धन सरकार बनेको थियो। सम्झौता अनुसार २०८१ चैतसम्म एमालेले र त्यसपछि बाँकी कार्यकाल कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति थियो। तर, सत्ता हस्तान्तरण र बजेट निर्माणका क्रममा विवाद बढेपछि कांग्रेसले गत असार ३१ गते एमालेसँगको सहकार्य तोड्ने निर्णय गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी