काठमाडौँ, साउन ७ । नेपाल सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनलाई तीब्रता दिएको छ। यसैक्रममा विभागले मिति २०८३ साउन ६ गते गरेको छन्बिन तथा अनुगमनका आधारमा ललितपुर क्षेत्रका दुई वटा बेकरी तथा घिउ प्याकेजिङ उद्योगहरूमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विवरण सार्वजनिक गरेको छ।
विभागका अनुसार तोकिएको मापदण्ड र तौल विपरीत उत्पादन गर्ने उद्योगहरूमाथि कानुनी कारबाही तथा निर्देशन जारी गरिएको छ।
अनुगमन गरिएका उद्योगहरूको विवरण
१. बज्रबाराही बेकरी सर्टेनिंग, घिउ प्याकेजिंग उद्योग
ठेगाना: गोडावरी नगरपालिका–११, ललितपुर
अनुगमनको विवरण: विभागबाट मिति २०८३/०१/१४ मा जारी सूचना अनुसार यस उद्योगले कम तौल भएका १० के.जी. प्याकेजिङका बेकरी सर्टेनिंगलाई डिलरमार्फत फिर्ता गर्न (Product Recall) पत्रपत्रिकामा सूचना जारी गरेको पाइएको छ।
कैफियत तथा कारबाही: हाल अनुगमनका क्रममा उद्योगले बेकरी सर्टेनिंगसम्बन्धी कुनै पनि उत्पादन कार्य नगरेको र कच्चा पदार्थ तथा तयार वस्तुसमेत नपाइएको विभागले जनाएको छ। साथै, विभागको निर्देशन अनुरूप तोकिएको तौलभन्दा कम तौल भएका उत्पादनहरू बजारमा बिक्री वितरण नगरेको पाइएको छ।
२. संयक बेकरी सर्टेनिंग घिउ प्याकेजिंग उद्योग प्रा. लि.
ठेगाना: सुनाकोठी–२७, ललितपुर
अनुगमनको विवरण: उद्योगको भण्डारण कक्षमा बजारबाट फिर्ता ल्याइएका विभिन्न परिमाणका (१ के.जी., ५०० ग्राम र २०० ग्राम) १५ कार्टुन बेकरी सर्टेनिंग भण्डारण गरिएको पाइएको छ।
कैफियत तथा कारबाही: यस उद्योगले पनि हाल बेकरी सर्टेनिंग उत्पादन कार्य बन्द गरेको भेटिएको छ। विभागले जारी गरेको पूर्वसूचना पालना गर्दै कम तौलका वस्तुहरू पुन: प्याकिङ गरी बिक्री वितरण नगरेको स्पष्ट भएको छ।