नेप्से परिसूचक १४ दशमलव १७ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ दशमलव १७ अङ्कले बढ्यो

  • बिहिबार, साउन ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, ७ साउनः धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १४ दशमलव १७ अङ्कले बढेर दुई हजार ७२६ दशमलव १७ मा पुगेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९८ अङ्कले बढेर ४७१ दशमलव ३० मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ७३ अङ्कले बढेर १८६ दशमलव ५८ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक शूल्य दशमलव २९ अङ्कले बढेर १५९ दशमलव ७३ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड ७७ हजार २२२ कित्ता सेयर रु चार अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३७० मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये ११ उपसमूह बढ्दा दुई वटा घटेका छन् । आज १५३ कम्पनीको सेयर कारोबार बढेको छ भने १११ कम्पनीको सेयर घट्नुका साथै १२ कम्पनीको सेयर स्थिर रहेको हो ।

नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, स्नो रिभर लिमिटेड र अपोलो हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावर, रिलाइन्स स्पिनिङ मिल्सकालगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी