नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • मङ्लबार, साउन ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ, ५ साउन : धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक ७.२५ अङ्कले बढेर दुई हजार ७२६.४९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अङ्कले घटेर ४७२.४२ अङ्कमा पुगेको छ । त्यस्तै फ्लोट सूचक ०.१९ अङ्कले बढेर १८६.६२ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने स्थिर रहँदै १६०.०२ मा रहेको छ । आज विभिन्न कम्पनीका एक करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर रु छ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ मूल्यमा खरिद बिक्री भएका छन् ।

विभिन्न १३ उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घटेको छ । आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी, १३ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

नेप्सेका अनुसार एभरेष्ट कलर लिमिटेड, कलङ्गा हाइड्रोपावर, बोटलर्स नेपाल (बालाजु) लिमिटेड कम्पनीको मूल्य बढेको छ भने नबिल बैंक डिबेञ्चर, एनआइबिएल ग्रोथ फन्ड र कर्पाेरेट डेभलमपेन्ट बैंकको सेयर मूल्य घटेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी