लोक सेवाको विज्ञापन रोकिँदैन, तर भर्ना संख्या घट्ने

लोक सेवाको विज्ञापन रोकिँदैन, तर भर्ना संख्या घट्ने

  • सोमवार, साउन ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लोक सेवा आयोगका नियमित विज्ञापनहरू नरोकिने स्पष्ट पारेको छ।

मुख्यसचिवको अध्यक्षतामा बसेको सचिव बैठकले ‘यो वर्ष स्थायी पदमा पदपूर्ति नगर्ने’ निर्णय गरेपछि चौतर्फी आलोचना भएको थियो। सोही आलोचना र विवादपछि प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो धारणा प्रष्ट पारेको हो।

कार्यालयका अनुसार, हाल भइरहेको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M Survey) सम्पन्न भएपछि रिक्त रहने पदहरूमा नियमित रूपमा पदपूर्ति प्रक्रिया अघि बढ्नेछ।

यद्यपि, ओ एण्ड एम सर्वेक्षणका क्रममा धेरै प्राविधिक तथा प्रशासनिक पदहरू कटौती हुने सम्भावना रहेकाले, विगतका वर्षहरूको तुलनामा यो वर्ष लोक सेवामार्फत हुने नयाँ भर्नाको संख्या भने निकै न्यून (कम) हुने विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी