बजारमा विभागको आकस्मिक अनुगमन: म्याद नाघेका सामग्री जफत, ५ वटा व्यवसायमाथि कारबाही

बजारमा विभागको आकस्मिक अनुगमन: म्याद नाघेका सामग्री जफत, ५ वटा व्यवसायमाथि कारबाही

  • बिहिबार, असार ३२, २०८३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, असार ३१ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकाका विभिन्न खाद्य व्यवसायहरूमा आकस्मिक बजार अनुगमन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ। विभागमा प्राप्त जनगुनासोका आधारमा २०८३ असार ३० गते ‘र्यापिड रेस्पोन्स मोडालिटी’ (आकस्मिक संयन्त्र) अन्तर्गत बबरमहल, ठमेल, लैनचोर, नयाँ बसपार्क र ललितपुरका विभिन्न ५ वटा व्यावसायिक प्रतिष्ठानहरूमा निरीक्षण गरिएको हो।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको उक्त अनुगमनका क्रममा म्याद सकिएका खाद्य वस्तु फेला परेका व्यवसायमाथि स्थलगत कारबाही गर्नुका साथै थप अनुसन्धान अघि बढाइएको विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माले जानकारी दिनुभयो।

अनुगमन गरिएका ५ व्यवसाय र फेला परेका कैफियत:
१. गाउँबेसी थकाली (लैनचोर, काठमाडौँ)

कैफियत: भण्डारण कक्षमा उपभोग्य मिति समाप्त (Expired) भइसकेको ४०० मि.लि. को ५ थान ‘रोज वाटर’ र १९० मि.लि. को १ थान ‘केवरा वाटर’ फेला परेको। केही खाद्य पदार्थमा लेबल नभएको तथा फ्रिज अवव्यवस्थित पाइएको। (तेलको TPM २० भई मापदण्ड अनुकूल नै रहेको र सरसफाइ सन्तोषजनक पाइएको)।

कारबाही: म्याद नाघेका सामग्री नष्ट गरिएको र थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौँ महानगरपालिका (का.म.न.पा.) लाई जिम्मा दिइएको। कैफियत सुधार गरी विभागमा प्रमाण पेस गर्न निर्देशन।

२. भागवती कोल्ड स्टोर (ठमेल, काठमाडौँ)

कैफियत: सरसफाइ अत्यन्तै कमजोर, अव्यवस्थित भण्डारण, कीट नियन्त्रण (Insect Control) को व्यवस्था नभएको। ४०० मि.लि. को ६ थान म्याद नाघेको ‘रोज वाटर’ र ०.७ लिटरको १ थान ‘ब्लुबेरी सिरप’ फेला परेको।

कारबाही: म्याद नाघेका वस्तु नष्ट गरी थप अनुसन्धान र कारबाहीका लागि का.म.न.पा. लाई लेखी पठाइएको।

३. ईरानी चिया (महालक्ष्मी नगरपालिका-१, ललितपुर)

कैफियत: पूर्ण लेबल विवरण नभएका डोनट तथा फ्रुट सिरप पाइएको र भान्सामा फोहोरदानी खुल्ला छोडिएको।

कारबाही: लेबल नभएका वस्तुहरू फिर्ता गर्न लगाइएको र नियमित सरसफाइ गर्न कडा निर्देशन दिइएको।

४. कृष्णा अर्पण सप्लिमेन्ट एण्ड ब्युटी स्टोर (मैपी, नयाँ बसपार्क)

कैफियत: उजुरीमा भनिए झैँ ‘सेरेलाक’ मा कीरा नभेटिए पनि सोही ब्याचको २ थान सेरेलाक बिक्री शाखामा भेटिएको।

कारबाही: प्रयोगशालामा थप परीक्षणका लागि सेरेलाकको नमुना (Sample) संकलन गरिएको।

५. एस.जि. नेपाल प्रा.लि. (का.म.न.पा.-१४)

कैफियत: भण्डारण प्रणाली अव्यवस्थित रहेको र उद्योगबाट उत्पादित ‘Milk Premix Preparation’ को लेबलमा कुन दूध (Skimmed वा Full Cream) प्रयोग भएको हो स्पष्ट नखुलिएको। स्टोरमा रङ लगाउँदा खाद्य पदार्थ नहटाइएको।

कारबाही: कच्चा पदार्थको सही विवरण मात्र लेबलमा लेख्न, भण्डारण व्यवस्थित गर्न र मर्मत गर्दा खाद्य पदार्थ टाढा राख्न निर्देशन दिइएको।

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने र खाद्य स्वच्छता कायम नगर्ने जुनसुकै व्यवसायलाई कानुन बमोजिम कडा कारबाही गरिने विभागले जनाएको छ। बजारलाई स्वच्छ राख्न यस्ता आकस्मिक अनुगमनलाई आगामी दिनमा अझ तीव्र पारिने वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. शर्माले स्पष्ट पार्नुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी