कतारका पूर्वनेता शेख हमद बिन खलिफाको निधन

कतारका पूर्वनेता शेख हमद बिन खलिफाको निधन

  • आइतवार, असार २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

कतार सरकारले आइतबार पूर्वनेता शेख हमद बिन खलिफा अल थानीको निधन भएको घोषणा गरेको छ । उहाँले सन् १९९५ देखि २०१३ सम्म कतारको नेतृत्व गर्नुभएको थियो ।

अमिरको कार्यालयले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा शेख हमदको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

शेख हमदलाई आधुनिक कतार निर्माणका प्रमुख योजनाकारमध्ये एकका रूपमा हेरिन्छ । उहाँको नेतृत्वकालमा कतारले तीव्र आर्थिक विकास हासिल गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभाव विस्तार गरेको थियो ।

शेख हमदले सन् १९९५ को जुनमा विदेश भ्रमणमा रहेका आफ्ना बुबा शेख खलिफा बिन हमद अल थानीलाई रक्तहीन सत्ता परिवर्तनमार्फत विस्थापित गर्दै नेतृत्व सम्हाल्नुभएको थियो ।

त्यतिबेला सीमित आर्थिक स्रोत भएको सानो खाडी राष्ट्रलाई उहाँले ऊर्जा, सञ्चार र कूटनीतिक क्षेत्रमा विस्तार गर्दै विश्वस्तरमा प्रभावशाली मुलुकका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

उहाँकै शासनकालमा सन् १९९६ मा अन्तरराष्ट्रिय समाचार संस्थाअल जजिरा मिडिया नेटवर्कको स्थापना भएको थियो ।

सन् २०१३ को जुनमा शेख हमदले आफ्ना छोरा शेख तमिम बिन हमद अल थानीलाई सत्ता हस्तान्तरण गर्दै स्वेच्छिक रूपमा गद्दी त्याग गर्नुभएको थियो । यो अरब विश्वको आधुनिक इतिहासमा दुर्लभ घटनाका रूपमा हेरिएको थियो ।

करिब ३० लाख जनसङ्ख्या रहेको कतार खाडी क्षेत्रको सानो राष्ट्रमध्ये एक हो । यहाँको अर्थतन्त्र मुख्य रूपमा प्राकृतिक ग्यास र तेल क्षेत्रमा आधारित छ भने जनसङ्ख्याको ठूलो हिस्सा विदेशी कामदारले ओगटेका छन् ।

कतार सन् १९७१ सम्म बेलायतको संरक्षित राज्यका रूपमा रहेको थियो । १९औँ शताब्दीको मध्यदेखि नै अल थानी परिवारले यहाँको शासन गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी