कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु

कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु

  • शनिबार, असार २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 893
    SHARES

लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका कारण मृत्यु हुने मानिसहरुको सङ्ख्या ६४८ जना पुगेको छ भने एक हजार ८३० जनामा सङ्क्रमण पुष्टि भएको घटनाहरूको दर्ता भएका छन् ।

पछिल्लो तथ्याङ्कमा विगत २४ घण्टामा दर्ता भएका सङ्क्रमण र मृत्युहरूसमेत समावेश भएको अधिकारीहरूले बताएका छन् ।

स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै सरकारले देशको उत्तर र उत्तरपूर्वमा सोपो र हाट–युलेलाई समावेश गरी इबोला प्रकोपबाट उच्च गतिमा प्रभावित प्रान्तहरूको सूची विस्तार गरेको बताउनुभएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यस अघि नै डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा इबोला प्रकोपको वास्तविक मात्रा आधिकारिक तथ्याङ्कले देएको भन्दा दुई देखि चार गुणा बढी हुन सक्ने चेतावनी दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी