नेप्से परिसूचक झिनो अङ्कले घट्यो

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

  • शुक्रबार, असार २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, २६ असारः धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव १३ अङ्कले ओरालो लागेर दुई हजार छ सय दशमलव ६८ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शूल्य दशमलव ५८ अङ्कले ओरालो लागेर चार सय ५३ दशमलव ६० मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शूल्य दशमलव १५ अङ्कले एक सय ७८ दशमलव ५२ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव १९ अङ्कले घटेर एक सय ५३ दशमलव ४७ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड छ लाख ६० हजार ५३७ कित्ता सेयर रु छ अर्ब ८६ करोड सात लाख १८ हजार ६५८ मूल्यमा खरिदबिक्री भएको छ ।

आज १३ उपसमूहमध्ये सात उपसमूह मूल्य घट्यो भने छ उपसमूह बढ्यो । आज १२० कम्पनीको सेयर बढ्यो भने १३५ कम्पनीको सेयर घट्यो ।

नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, कुमारी इक्युटी फण्ड, कलङ्गा हाइड्रो कम्पनीका लगानीकर्ताले कमाएका छन् भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआइबिएल स्टेवल फन्ड र सिटिजन बैंक डिबेञ्चरलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी