कुमारी बैंकद्वारा बाजुराको गौमुल गाउँपालिकाका ५ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा बाजुराको गौमुल गाउँपालिकाका ५ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

  • बिहिबार, असार २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौँ, २६ असार (२०८३) — कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्रमा अवस्थित गौमुल गाउँपालिकाका ५ वटा सामुदायिक माध्यमिक विद्यालयहरूलाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ।

बैंकको गौमुल शाखाको सक्रियता तथा गाउँपालिकाको बुढीनन्दा क्षेत्र र स्थानीय तहसँगको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेका विद्यालयहरूमा यस सहयोगले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, रोचक र प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

डिजिटल शिक्षा र ग्रामीण–शहरी असमानता न्यूनीकरणको लक्ष्य
यो सहयोगमार्फत ग्रामीण तथा दुर्गम भेगका विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधि (ICT) मा आधारित शिक्षण सिकाइलाई प्रवर्द्धन गर्ने बैंकको लक्ष्य छ। उपलब्ध गराइएका स्मार्ट टेलिभिजनमार्फत विद्यार्थीहरूलाई डिजिटल सामग्री, श्रव्य-दृश्य (Audio-Visual) माध्यम र आधुनिक प्रविधिसँग जोड्न सहज हुनेछ। यसबाट दुर्गम क्षेत्रका विद्यार्थीहरूले पनि शहरी क्षेत्रका विद्यार्थी सरह प्रविधिमैत्री सिकाइको अवसर प्राप्त गरी गुणस्तरीय शिक्षामा समान पहुँच हासिल गर्न सक्नेछन्।

यस कार्यक्रमबाट लाभांवित भएका विद्यालयहरू:

श्री मानकोट माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–५, बाजुरा

श्री जनज्योति माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–२, बाजुरा

श्री अम्लिस माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–१, बाजुरा

श्री फूलपाता माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–२, बाजुरा

श्री कीर्तिचौर माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–६, बाजुरा

श्री बालविकास माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–३, बाजुरा

“शिक्षा हरेक बालबालिकाको आधारभूत अधिकार हो। ग्रामीण र शहरी क्षेत्रबीच रहेको शैक्षिक अवसर र स्रोत-साधनको असमानतालाई न्यूनीकरण गर्न कुमारी बैंकले यस्ता कार्यक्रमहरू संचालन गर्दै आएको छ।” — कुमारी बैंक लिमिटेड

“समुदायका लागि कुमारी बैंक” भन्ने मूल भावनाअनुरूप बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर फैलिएका २८६ शाखा, ४१ विस्तारित काउन्टर, ३०४ एटीएम, र ४० शाखाहरूरहित बैंकिङ्ग एकाइमार्फत लाखौँ ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। आगामी दिनहरूमा पनि समाजको दिगो विकासमा योगदान पुर्‍याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी