जापोरिज्जियामा २१औँ पटक विद्युत आपूर्ति अवरुद्ध, सुरक्षा जोखिम बढ्यो

जापोरिज्जियामा २१औँ पटक विद्युत आपूर्ति अवरुद्ध, सुरक्षा जोखिम बढ्यो

  • शनिबार, असार २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले युक्रेन युद्ध सुरु भएयता जापोरिज्जिया आणविक ऊर्जा केन्द्र (जेडएनपीपी) मा २१औँ पटक बाह्य विद्युत आपूर्ति अवरुद्ध भएको जनाएको छ । एजेन्सीले यस घटनाले केन्द्रको आणविक सुरक्षा अवस्था अझै अत्यन्त कमजोर रहेको देखाएको बताएको छ ।

आईएईएका अनुसार प्लान्टलाई ‘३३० केभी फेरोस्प्लाभ्ना–१’ प्रसारण लाइनसँग जोड्ने विद्युत सम्पर्क विच्छेद भएपछि बाह्य विद्युत आपूर्ति बन्द भएको हो ।

प्लान्टमा खटिएको आईएईएको निरीक्षण टोलीले सैन्य गतिविधिका कारण प्रसारण लाइनका विद्युतीय सुरक्षा प्रणाली सक्रिय हुँदा विद्युत प्रवाह स्वतः अवरुद्ध भएको जनाएको छ ।

बाह्य विद्युत आपूर्ति बन्द भएपछि रिएक्टर शीतलन प्रणाली तथा अन्य अत्यावश्यक आणविक सुरक्षा प्रणालीलाई निरन्तर विद्युत उपलब्ध गराउन आपत्कालीन डिजेल जेनेरेटर स्वतः सञ्चालनमा आएको आइएईएले जनाएको छ ।

आइएईएका महानिर्देशक राफेल ग्रोसीले पछिल्लो घटनाले जापोरिज्जिया आणविक केन्द्रको सुरक्षा अवस्था अझै अत्यन्त संवेदनशील रहेको पुनः पुष्टि गरेको बताउनुभयो । उहाँले सम्भावित आणविक दुर्घटना रोक्न सबै पक्षले अधिकतम सैन्य संयमता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

युरोपकै सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रमध्ये एक मानिने जापोरिज्जिया केन्द्रमा युक्रेन युद्ध सुरु भएदेखि नै बाह्य विद्युत आपूर्तिमा पटक–पटक अवरोध हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी