बालेन सरकारको आयु लामो नभएको प्रचण्डको ब्रिफिङ

बालेन सरकारको आयु लामो नभएको प्रचण्डको ब्रिफिङ

  • सोमवार, असार १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल वामपन्थी दलहरूबीच एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

सोमबार भर्चुअल माध्यमबाट बसेको पार्टीको केन्द्रीय पदाधिकारी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले अहिले विभिन्न दलहरूसँग भइरहेको संवाद एकताका लागि नभई सहकार्यका लागि मात्र भएको बताएका हुन् ।

नेकपा (एमाले) सहितका वामपन्थी शक्तिहरूसँगको संवादलाई सहकार्यको पहलका रूपमा व्याख्या गर्दै उनले पार्टीको आगामी महाधिवेशनअघि एकता सम्भव नरहेको धारणा राखे ।

पहिले आफ्नै पार्टी बलियो बनाउने जोड
पार्टीभित्रको साङ्गठनिक अवस्था सुदृढ बनाउनु नै अहिलेको मुख्य प्राथमिकता रहेको प्रचण्डको भनाइ छ । बैठकमा उनले राखेका भनाइ उद्धृत गर्दै नेता सरल सहयात्री पौडेलले भने:

“मैले अहिले नै एकता हुनुपर्छ भनेर कहीँ कतै भनेको छैन । महाधिवेशन अगाडि एकता सम्भव पनि छैन, हुँदा पनि हुँदैन । पहिला आफ्नो पार्टी बलियो बनाउनुपर्छ । सोही अनुसार सदस्यता नवीकरण, वितरण गर्ने र पार्टीलाई थप सुदृढीकरण गर्न वडा तहसम्म अभियान सञ्चालन गर्नेछौँ । अहिलेको आवश्यकता वामपन्थी, समाजवादी मोर्चा र देशभक्तहरूसँग सहकार्यको मात्र हो ।”

सरकारको कार्यशैलीप्रति असन्तुष्टि: अर्को विद्रोहको चेतावनी
बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान सरकारको तीन महिनाको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे । सरकारले मजदुर, किसान, सुकुमबासी तथा श्रमजीवी वर्गमाथि धरपकड गरिरहेको आरोप लगाउँदै उनले यही अवस्था कायम रहे जनविद्रोह हुन सक्ने चेतावनी दिए ।

“तीन महिनासम्म सरकारको गतिविधि हेर्दा ठिक तरिकाले अगाडि बढेको देखिँदैन,” प्रचण्डले बैठकमा ब्रिफिङ गर्दै भने, “मजदुर, किसान, सुकुमबासी लगायत श्रमजीवी वर्गमाथि जुन किसिमको धरपकड गरिएको छ, यही अवस्था रहिरहे अर्को विद्रोह हुन सक्छ ।”

साङ्गठनिक र महाधिवेशनको तयारी
बैठकमा आगामी भदौभित्र पार्टीको सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको काम सम्पन्न गर्ने लक्ष्यसहित अघि बढ्ने जानकारी गराइएको छ ।

यस्तै, आगामी महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन र विधान मस्यौदाबारे छलफल सुरु भए पनि त्यसलाई कुन प्रक्रियामार्फत अन्तिम रूप दिने भन्ने विषयमा भने अझै निष्कर्षमा पुग्न बाँकी रहेको नेता पौडेलले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी