भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

  • आइतवार, असार १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी दुई ठूला भूकम्पपछि २४ देशले मानवीय सहायता, विशेष उद्धार टोली र हजारौं आपतकालीन प्रतिक्रियाकर्मी पठाएर सहयोग गरेका छन् ।

शनिबार टेलिग्राममा पोस्ट गरिएको विज्ञप्तिमा भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भन्नुभएको छ, “अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म ५२१ टन राहत सामग्री, ८६ वटा विशेष कुकुर खोज टोली र दुई हजार ७४१ भन्दा बढी खोज, उद्धार तथा प्राविधिक सहयोग कर्मी पठाएको छ, जसले भेनेजुएली टोलीसँग मिलेर विपद् व्यवस्थापनमा काम गरिरहेका छन्।”

उहाँले थप्नुभयो, “अन्तर्राष्ट्रिय कर्मीहरू भेनेजुएली अधिकारीहरूसँग मिलेर दुई भूकम्पबाट प्रभावित क्षेत्रमा निरन्तर खोज, उद्धार र राहत कार्य गरिरहेका छन्।”

सीएनएनका अनुसार, “भेनेजुएलाका राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले दिएको अद्यावधिक जानकारीअनुसार बुधबार भएको विनाशकारी दुई भूकम्पबाट कम्तीमा १,४३० जनाको मृत्यु भएको पुष्टि भएको छ।”

उहाँले तीन हजार २३८ जना घाइते भएको र तीन हजार १४२ परिवार घरबारविहीन भएको बताउनुभएको छ।

उद्धार टोलीहरूले बाँचेकाहरूको खोजी जारी राखेका छन् तर महत्वपूर्ण उद्धार समय सकिँदै गएको छ । भारी उपकरणको अभाव र निरन्तरको पराकम्पनले कार्यमा बाधा पु¥याइरहेको छ।

बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई ठूला भूकम्प गएपछि देशमा पटक–पटक साना ठूला पराकम्पनहरू गएका छन्, जसले उद्धार तथा राहत कार्यलाई जटिल बनाएको छ।

आइतबार ‘युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर’ ले भेनेजुएलाको तटबाट ५.६ म्याग्निच्युडको भूकम्प गएको पत्ता लगाएको थियो, जसले आरागुवा तट नजिकको पानी क्षेत्रलाई प्रभावित गरेको थियो।

सीएनएनका अनुसार, भूकम्पलाई लोगारिदमिक म्याग्निच्युड स्केलमा मापन गरिन्छ, जहाँ प्रत्येक पूर्ण संख्या बढ्दा ऊर्जा रिलिज करिब ३२ गुणा बढी हुन्छ।

पहिलो भूकम्पभन्दा करिब ४० सेकेन्डपछि गएको भेनेजुएलाको दोस्रो ७.५ म्याग्निच्युडको भूकम्पले पहिलो ७.२ म्याग्निच्युडको भूकम्पभन्दा निकै बढी कम्पन गराएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी