कांग्रेस नेता अभिषेक गिरी विराटनगरबाट पक्राउ, कारागारभित्रै अवैध असुली गरेको अभियोग

कांग्रेस नेता अभिषेक गिरी विराटनगरबाट पक्राउ, कारागारभित्रै अवैध असुली गरेको अभियोग

  • शनिबार, असार १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

विराटनगर :विराटनगरको गुण्डागर्दी पृष्ठभूमिका नेपाली कांग्रेसका नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ। मोरङ प्रहरीले शनिबार बिहानै गिरीको घर घेरा हाली छापा मारेर उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गिरीलाई कारागारभित्रै अवैध असुली धन्दा चलाएको र कैदीबन्दीको रकम तथा भत्ता अपचलन गरेको अभियोगमा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले शंकास्पद वस्तु राखेको आशङ्कामा गिरीको घरमा छापा मारिएको बताउँदै थप अनुसन्धान र अध्ययन भइरहेको जानकारी दिएका छन्। प्रहरीले उनको घरबाट के-के वस्तु बरामद भयो भन्नेबारे भने अहिले नै विस्तृत विवरण खुलाएको छैन।

पक्राउ परेका गिरी यसअघि पनि पटक-पटक विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै विवादमा आउने गरेका व्यक्ति हुन्। यसअघि अपहरण मुद्दामा कारागारभित्र सजाय काटिरहँदासमेत उनी विभिन्न विवादमा मुछिएका थिए। कैद भुक्तान गरी कारागारबाट छुटेपछि उनी पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थिए। यता पक्राउ परेका कांग्रेस नेता अभिषेक गिरीले भने आफू निर्दोष रहेको दाबी गर्दै राजनीतिक प्रतिशोधका आधारमा आफूलाई फसाउन खोजिएको प्रतिक्रिया दिएका छन्। प्रहरीले उनीमाथि लागेका आरोपबारे सूक्ष्म ढंगले अनुसन्धान अघि बढाइएको जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी