सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

  • शुक्रबार, असार १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापन तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ।

असार १२ गते सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हलचोकमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन्। कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) गणेश बहादुर ठाडा मगरको विशेष उपस्थिति रहेको थियो।

सामग्री बुझ्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक मगरले सहयोगस्वरूप प्राप्त सामग्रीहरूले विपद् उद्धार टोलीको कार्यक्षमता अभिवृद्धि गर्ने र कठिन परिस्थितिमा नागरिकको ज्यान जोगाउन महत्त्वपूर्ण मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले विपद् व्यवस्थापनमा सहयोग पुर्‍याएकोमा कम्पनीप्रति धन्यवाद समेत प्रकट गरे।

त्यस्तै, कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत फुयालले सशस्त्र प्रहरी बल देशको विपद् व्यवस्थापन र उद्धार कार्यमा अग्रणी भूमिकामा रहेको चर्चा गरे। बीमा व्यवसाय नागरिक सुरक्षासँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै उनले विपद्पछिको उद्धारमा मात्र नभई पूर्वतयारीलाई समेत बलियो बनाउने उद्देश्यले आपत्कालीन जोखिम व्यवस्थापन सामग्री सहयोग गरिएको प्रष्ट पारे।

उक्त हस्तान्तरण कार्यक्रममा सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकारीहरूका साथै सन नेपाल लाइफका प्रमुख बजार अधिकृत गणेश चौलागाई र बालाजु शाखा प्रमुख मदन खतिवडा लगायतको उपस्थिति थियो।

देशभर १५० वटा शाखा तथा उप-शाखा कार्यालयहरू मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको सन नेपाल लाइफले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी