नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि

नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि

  • शुक्रबार, असार ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ, ५ असार : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उकालो लागेर दुई हजार सात सय दुई दशमलव ११ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ३१ अङ्कले उकालो लागेर चार सय ६३ दशमलव ९८ मा पुगेको छ ।

कारोबार भएका आधारमा कूल ११६ कम्पनीको शेयर मूल्यमा बढोत्तरी भएको छ । यस्तै, १४० कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १७ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

कूल तीन सय ५३ कम्पनीको एक करोड नौ लाख २२ हजार पाँच सय २५ कित्ता शेयर रु चार अर्ब ५३ करोड ४९ लाख ८३ हजार पाँच सय ६८ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा ग्लोबल आइएमई बैंकको डिवेञ्चर २०८८/८७ शीर्ष स्थानमा छ । यस्तै,ग्लोबल आइएमई बैंकको डिवेञ्चर २०८४/८५, सोपान फर्मासिटिकल्स,आँखु खोला जलविद्युत् कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, अपोलो हाइड्रोपावर, सोपान फर्मासिटिकल्स, सपोर्ट माइक्रोफाइनान्स, रिलायन्स फाइनान्सर गुराँस लघुवित्तको शेयरधनीले कमाएका छन् ।

यस्तै, बुङ्गल हाइड्रो, आत्मनिर्भर लघुवित्त, सिटिजन बैंकको डिवेञ्चर, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम र सालपा विकास बैंकका लगानीकर्ताले भने गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी