जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति

जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति

  • मङ्लबार, असार २, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

जी–७ राष्ट्रका नेताहरूले युक्रेनविरुद्ध जारी युद्ध अन्त्य गर्न रूसमाथि थप दबाब बढाउने सहमति जनाएका छन् । फ्रान्सको इभियन–लेस–बेन्समा जारी शिखर सम्मेलनमा सहभागी नेताहरूले ऊर्जा क्षेत्रलगायत विभिन्न माध्यमबाट मस्कोमाथि प्रतिबन्ध कडा बनाउने विषयमा छलफल गरेका हुन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि शिखर सम्मेलनमा सहभागी हुनुभएको छ । सम्मेलनका क्रममा उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अन्य जी–७ नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो ।

फ्रान्सेली कूटनीतिक स्रोतका अनुसार नेताहरूले ग्यास र तेल क्षेत्रमा थप प्रतिबन्धमार्फत रूसमाथि दबाब बढाउने निर्णय गरेका छन् । साथै, युद्धको वर्तमान अवस्थाले युक्रेनलाई केही रणनीतिक लाभ पुगेको निष्कर्षसमेत निकालिएको छ ।

राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रूसले सम्झौता गर्नुपर्ने बताउनुभएको छ । उहाँले युद्धका कारण दुवै पक्षमा ठूलो मानवीय क्षति भएको उल्लेख गर्दै समाधानका लागि आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनका प्राथमिकतामा हवाई प्रतिरक्षा प्रणाली सुदृढीकरण, जाडो मौसमका लागि सहयोग तथा रूसमाथि थप अन्तरराष्ट्रिय दबाब रहेको बताउनुभएको छ । उहाँले रूस युद्धमा विजयी नभएको र राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न दबाब दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

बेलायती प्रधानमन्त्री केयर स्टार्मरले पनि रूसविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरिएको जानकारी दिनुभयो । ती प्रतिबन्धमा रूसी तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ढुवानीमा संलग्न ट्याङ्करहरू समेटिएका छन् ।

शिखर सम्मेलनमा मध्यपूर्वको अवस्थाबारे पनि छलफल भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको पछिल्लो समझदारीपछि क्षेत्रीय स्थायित्वका विषयमा आफ्ना सहयोगी राष्ट्रसँग विचारविमर्श गर्नुभएको जनाइएको छ ।

तीनदिने शिखर सम्मेलन बुधबार सम्पन्न हुने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी