निकासी आदेश पछि लेवनानमामा इजरायली आक्रमण

निकासी आदेश पछि लेवनानमामा इजरायली आक्रमण

  • शनिबार, जेष्ठ ३०, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

निकासी चेतावनी जारी गरेको केही समय पछि इजरायली सेनाले छापा मारी नबतीह शहर सहितका विभिन्न २० वटा स्थानहरूमा इजरायले आक्रमण गरेको लेबनानले रिपोर्ट गरेको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले इजरायली हवाई आक्रमणले नबातियाहबाट टाढा अवस्थित रिहान र सुजुड गाउँहरूसहित चेतावनी जारी गरिएका धेरै क्षेत्रहरूमा प्रहार गरेको बताएको छ ।

इजरायली सेनाले चेतावनीले जारी गर्दै बासिन्दाहरूलाई तुरुन्तै आफ्नो घर खाली गर्न र इजरायलसँगको दक्षिणी सीमाबाट करिब ४५ किलोमिटर टाढा जहरानी नदीको उत्तरमा जान आग्रह गरेको जनाइएको छ ।

इजरायली सेनाले गत महिना नदीको दक्षिणका सबै क्षेत्रलाई “युद्ध क्षेत्र“ घोषणा गरेको थियो ।

शुक्रबार राति एनएनएले अली ताहेर पाहाड नजिकै विस्फोट तथा गोलाबारी भएको रिपोर्ट गरेको छ ।

दक्षिण लेबनानमा आक्रमण गर्ने इजरायली सेना माथि आक्रमण जारी राखेको बताउदै हेजबुल्लाहले आफ्ना लडाकुहरू मजदल जोन सहरतर्फ अघि बढिरहेको इजरायली सेनाको सामना गरेको बताएको छ ।

इजरायल र हेजबुल्लाह लामो समय देखि नै युद्धमा छन् भने इरान समर्थित समूहले लेबनानलाई मध्य पूर्वको द्वन्द्वमा इजरायलमा रकेट फायर गरेर अमेरिका–इजरायल आक्रमणमा इरानको सर्वोच्च नेताको हत्याको बदला लिन लगाएको जनाइएको छ ।

इजरायलले आक्रमणको अभियान निरन्तर जारी गर्दा लेबनानमा तीन हजार ७०० भन्दा बढी मानिसहरुको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

इजरायल र हेजबुल्लाहले अप्रिलको युद्धविरामलाई नजर अन्दाज गरेका छन् भने वासिङ्टनमा भएको लेबनानी–इजरायली प्रत्यक्ष वार्ताको चौथो चरण पछि यस महिना घोषणा गरिएको सशर्त युद्धविराम सम्झौता पनि कार्यान्वयन भएको छैन ।

हेजबुल्लाहले प्रत्यक्ष वार्ता र सशर्त सम्झौतालाई अस्वीकार गरेको छ, जसमा यसलाई आक्रमणहरू रोक्न प्रस्ताव गरिएको छ भने इजरायलाई लेबनानबाट सेना फिर्ता लिन प्रस्ताव गरिएको छ तर कुनै उल्लेख्य उपलब्धि भएको जनाइएको छैन ।

इरानले लामो समय चलेको मध्यपूर्व युद्धको अन्त्य गर्न लेबनान कुनै पनि सम्झौतामा सहभागि हुनु पर्ने एक जना वरिष्ठ अमेरिकी अधिकारीले बताउनु भएको छ ।

यद्यपी लेबनानका नेताहरूले तेहरानलाई लेबनानलाई “मोलतोल गर्ने बस्तुको को रूपमा व्यवहार गरेको आरोप लगाएका छन् ।

हेजबुल्लाहका सांसद अली फयादले शनिबार लेबनानलाई इरान युद्ध अन्त्य गर्न कुनै पनि सम्झौताको फाइदा लिन आग्रह गरेका छन् ।

लेबनानका राष्ट्रपति जोसेफ आउनले शनिबार सामाजिक सञ्जाल एक्समा लेबनानले “एक दुर्भाग्यपूर्ण परीक्षा“ को सामना गरिरहेको बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी