सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुल्यो: कसरी र कहिलेसम्म दिने आवेदन?

सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुल्यो: कसरी र कहिलेसम्म दिने आवेदन?

  • बिहिबार, जेष्ठ २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौँ । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले आज (जेठ २८ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेपछि कम्पनीले सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको कुल ८ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

शेयर बाँडफाँट र उपलब्ध कित्ताको विवरण:

कुल स्वीकृत आईपीओ: ८,५०,००० कित्ता

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि (बाँडफाँट भइसकेको): ८५,००० कित्ता (१०%)

सामूहिक लगानी कोषका लागि (बाँडफाँट भइसकेको): ४२,००० कित्ता

कम्पनीका कर्मचारीका लागि सुरक्षित: १७,००० कित्ता

सर्वसाधारणका लागि खुला गरिएको: ७,०५,५०० कित्ता (७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबर)

आवेदन सम्बन्धी महत्त्वपूर्ण विवरण
सर्वसाधारण लगानीकर्ताहरूले यस आईपीओमा न्यूनतम र अधिकतम सीमाभित्र रहेर आवेदन दिन सक्नेछन्।

न्यूनतम आवेदन: १० कित्ता

अधिकतम आवेदन: ५,००० कित्ता

आवेदन दिने अवधि: छिटोमा असार २ गतेसम्म। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेको खण्डमा निष्कासन अवधि ढिलोमा असार ११ गतेसम्म लम्बिनेछ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक (Issue Manager) ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी