नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम भने बढ्यो

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम भने बढ्यो

  • मङ्लबार, जेष्ठ २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक १.५४ अंक घटेर २७३३.५९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ४ अर्ब ८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५७ स्टकको ६३ हजार ७३२ पटकको कारोबारमा ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार रुपैयाँबराबरको १ करोड २३ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सोपान फर्मास्यूटिकल्स र कालिञ्चोक हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ११ प्रतिशत बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ९.१६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कृषि विकास बैंकको बण्ड शीर्ष स्थानमा रहेको छ। सो बैंकको ८ वर्षे एग्रीकल्चर बण्ड यस दिन ५७ करोड रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्सको करिब ३६ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को ३१ करोड रुपैयाँभन्दा बढीको ऋणपत्र कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०१ प्रतिशत घटेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी