काठमाडौँ । कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रा.लि. ग्वार्को, ललितपुरबीच बैंकका ग्राहकहरूलाई अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने इनपेसेन्ट (Inpatient), आउटपेसेन्ट (Outpatient), आकस्मिक सेवा सुविधा तथा औषधिहरूमा १० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ एकाइहरू मार्फत ग्राहक वर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।
ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीका रूपमा लिँदै बैंकले देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुट सम्बन्धी सम्झौताहरू गर्दै आएको छ, जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको छ ।
बदलिँदो समयसँग समन्वय गर्दै सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकतालाई आत्मसात् गर्दै बैंकले आगामी दिनहरूमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गर्ने अठोट व्यक्त गरेको छ ।