टोखामा ‘पल्सर आरपीएम’ सम्पन्न: युवा सिर्जनशीलता र साहसिक खेलकुदको उत्सव

टोखामा ‘पल्सर आरपीएम’ सम्पन्न: युवा सिर्जनशीलता र साहसिक खेलकुदको उत्सव

  • सोमवार, जेष्ठ १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं ।काठमाडौंको टोखास्थित स्केटर्स नेपालमा आयोजना गरिएको ‘पल्सर आरपीएम टेकओभर टोखा’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र साहसिक प्रतिभालाई एउटै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न विधाका कलाकार तथा खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले युवा पुस्तासँग जोडिन र सडक संस्कृति (स्ट्रिट कल्चर) लाई प्रवर्द्धन गर्न जेठ १६ गते शनिबार यो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा बी–बोइङ (ब्रेक डान्स), स्केटबोर्डिङ, बिएमएक्स प्रदर्शन तथा र्‍याप ब्याटल जस्ता थुप्रै आकर्षक प्रस्तुतिहरू समावेश गरिएका थिए । यी गतिविधिमार्फत नेपालका उदीयमान तथा भूमिगत (अण्डरग्राउन्ड) प्रतिभाहरूले आफ्नो कला र क्षमता प्रदर्शन गरेका थिए । कार्यक्रममा उपस्थित दर्शकहरूले उत्साहपूर्ण सहभागिता जनाउँदै प्रत्येक प्रस्तुतिको भरपुर मनोरञ्जन लिएका थिए ।

एनएस २०० मा रबिनको रोमाञ्चक स्टन्ट

कार्यक्रमको मुख्य आकर्षणका रूपमा स्टन्ट राइडर रबिन श्रेष्ठले पल्सर एनएस २०० (Pulsar NS 200) मोटरसाइकलमा सवार हुँदै रोमाञ्चक स्टन्ट प्रदर्शन गरेका थिए ।

उनको साहसिक प्रस्तुति र उत्कृष्ट नियन्त्रण क्षमताले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो । स्टन्ट प्रदर्शनका क्रममा देखाइएको कौशल, गति र सन्तुलनले कार्यक्रमको रोमान्चलाई थप उचाइमा पुर्‍याएको थियो ।आयोजकका अनुसार पल्सर आरपीएम टेकओभर केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई गति, सीप, सिर्जनशीलता र आत्मविश्वासको उत्सवका रूपमा सम्पन्न भएको छ ।

पल्सर समुदायले प्रतिनिधित्व गर्ने साहसी, ऊर्जाशील र सीमाभन्दा बाहिर गएर सोच्ने संस्कृतिलाई यस कार्यक्रमले प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । एउटै स्थानमा विविध कला, खेलकुद र साङ्गीतिक प्रस्तुतिहरूलाई समेट्दै सम्पन्न भएको ‘पल्सर आरपीएम टेकओभर टोखा’ले युवा पुस्ताको उत्साह र प्रतिभालाई उजागर गर्नुका साथै सहभागीहरूलाई अविस्मरणीय अनुभव प्रदान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी