नेपालको साहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ: अमेरिकी उपविदेश मन्त्री सारा

नेपालको साहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ: अमेरिकी उपविदेश मन्त्री सारा

  • आइतवार, जेष्ठ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

१७ जेठ, काठमाडौं । अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधिको विकासमा संयुक्त राज्य अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । काठमाडौंमा आयोजित ‘एसेन्ट समिट’ लाई सम्बोधन गर्दै उनले पर्वतारोहण अब केवल हिमाल चढ्ने कुरामा मात्र सीमित नरही यसमा प्रविधि र सुरक्षाको भूमिका महत्वपूर्ण भएको बताइन् । रोजर्सले दुई देशबीचको ७९ वर्ष लामो कूटनीतिक सम्बन्ध र पर्वतारोहणको विषय ऐतिहासिक कडी भएको बताएकी हुन् ।

उपविदेशमन्त्री रोजर्सले अमेरिकाले आफ्नो स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव मनाइरहेको सन्दर्भ उल्लेख गर्दै अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतुहलता रहेको बताइन् ।

अमेरिकाको जग नै अन्वेषण र जोखिम मोल्ने साहसले बनेको बताउँदै उनले यही भावनाले अमेरिकीहरूलाई नेपालका हिमालहरूसम्म डोर्‍याउने गरेको उल्लेख गरिन् ।

सन् १९६३ मा जिम ह्विटाकरले शेर्पा नवाङ गोम्बूसँग मिलेर सगरमाथाको सफल आरोहण गरी प्रथम अमेरिकी आरोही बनेको ऐतिहासिक क्षणलाई स्मरण गर्दै उनले यसले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको बताइन् ।

उनकाअनुसार यस वर्ष मात्र ६७ जना अमेरिकीले सगरमाथा आरोहणको प्रयास गरेका छन् । उपविदेशमन्त्री रोजर्सले नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको बलियो उपस्थिति रहेको बताइन् ।

सन् २०२३ मा नेपाल भ्रमण गर्ने ११ लाख ५० हजार अन्तर्राष्ट्रिय पर्यटकमध्ये १ लाख १२ हजार अमेरिकी नागरिक रहेका थिए । जसले अमेरिकालाई नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार बनाएको छ । अमेरिकी पर्यटकहरूको आगमनले नेपालका पथप्रदर्शक, होटल र स्थानीय समुदायको आर्थिक उत्थानमा प्रत्यक्ष सहयोग पुगेको उनको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी