एभरेष्ट प्लाइ उद्योगमा आगलागीबाट पाँच करोडको क्षति

एभरेष्ट प्लाइ उद्योगमा आगलागीबाट पाँच करोडको क्षति

  • आइतवार, जेष्ठ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

राँझा (बाँके), १७ जेठः नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका उद्योगमा भएको आगलागीबाट रु पाँच करोडको क्षति भएको छ ।

शुक्रबार दिउँसो लागेको आगो शनिबार मात्रै नियन्त्रणमा आएको थियो । सो आगलागीबाट उद्योगका सम्पूर्ण मेसिन, कच्चा पदार्थ र तयारी ढोका जलेर खरानी भएको उद्योगका सञ्चालक प्रकाश रानाले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगमा रहेका मेसिन, कच्चा पदार्थ तथा तयारी ढोका जलेर खरानी भएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । शुक्रबार दिउँसो सुरु भएको आगलागी शनिबार नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले बताउनुभयो । उहाँका अनुसार बाँके र बर्दियाका विभिन्न स्थानीय तहबाट ल्याइएका बारुणयन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको प्रयासमा आगो निभाइएको थियो । आगलागीको कारण तथा त्यसबाट भएको क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी