उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

  • बिहिबार, जेष्ठ १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

काठमाडौँ, १४ जेठःउपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीचले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान र दीर्घकालीन मैत्रीमा आधारित नेपाल–चीन सम्बन्ध, आर्थिक सहयोग तथा भावी सहकार्यका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले बितेका चार दशकमा चीनले हासिल गरेको प्रगतिको सराहना गर्दैै दुई देशबीच व्यापार, पर्यटन, पूर्वाधार, ऊर्जा र प्रविधि हस्तान्तरणमा चिनियाँ साझेदारी आवश्यक भएकामा जोड दिनुभयो ।

राजदूत चाङ माओमिङले चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकता दिएको चर्चा गर्दै उहाँले दुवै देशका जनताको समृद्धिका निम्ति आफू क्रियाशील रहने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ