साताको अन्तिम दिन सेयर बजारमा उत्साह, नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकममा पनि सुधार

साताको अन्तिम दिन सेयर बजारमा उत्साह, नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकममा पनि सुधार

  • शुक्रबार, जेष्ठ ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँमा साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार सेयर बजारमा सुखद उत्साह देखिएको छ। अघिल्लो दिन बिहीबार १२.३६ अंकले घटेर २७४२.११ विन्दुमा ओर्लिएको नेप्से परिसूचक आज भने १६.३८ अंकको दोहोरो वृद्धि सँगै २७५८.४९ विन्दुमा पुगेर बन्द भएको छ। नेप्से परिसूचकमा सुधार आएसँगै आज कारोबार रकममा पनि बिहीबारको ३ अर्ब ८९ करोडको तुलनामा वृद्धि भएको छ। बजारमा आज कुल कारोबार भएका कम्पनीहरूमध्ये २०३ वटाको सेयर मूल्य बढेको छ भने ५७ वटाको घटेको र ८ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत रूपमा हेर्दा आज ट्रेडिङ समूहबाहेक बाँकी सबै उपसमूहको सूचक सकारात्मक देखिएका छन्।

आजको कारोबारमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्, जसको सेयर मूल्य १४.८१ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसैगरी, कारोबार रकमका आधारमा आज जलविद्युत कम्पनीहरूको वर्चस्व रह्यो। ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार गर्दै आँखु खोला जलविद्युत शीर्ष स्थानमा रहन सफल भयो। यस्तै, रिडी पावरले २४ करोडको कारोबार गर्दा नेसनल हाइड्रोपावर र अपी पावरले समान १६/१६ करोड रुपैयाँको सेयर कारोबार गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी