नवलपरासीमा १४ लाख बढीको अवैध खरबुजाको बियाँ सशस्त्र प्रहरीद्वारा बरामद

नवलपरासीमा १४ लाख बढीको अवैध खरबुजाको बियाँ सशस्त्र प्रहरीद्वारा बरामद

  • शुक्रबार, जेष्ठ ८, २०८३
  • रबिन्द्र यादव

  • 7.4K
    SHARES

पश्चिम नवलपरासी , ८ जेठ । सशस्त्र प्रहरी बल,नेपाल नं. २६ गण हे.क्वा. पश्चिम नवलपरासीले ठुलो परिमाणमा अवैध रूपमा लुकाईछिपाई राखिएको खरबुजाको बियाँ बरामद गरेको छ । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार बिहान अन्दाजी ७:०० बजेको समयमा जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं. ५ मटरा स्थित बाबुराम पालको खाली टहराबाट उक्त अवैध सामान बरामद गरेको हो ।

टहरामा गैरकानुनी रूपमा सामान भण्डारण गरिएको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल,नेपाल नं. २६ गण हे.क्वा. पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश शर्मा र सशस्त्र प्रहरी बल,नेपाल वि.ओ.पि. गुठिप्रसौनीबाट सशस्त्र प्रहरी निरीक्षक बद्रीनाथ देवकोटाको कमाण्डमा संयुक्त टोली परिचालन गरिएको थियो ।

प्रहरी टोलीले उक्त स्थानमा खानतलासी गर्दा लुकाएर राखिएको कुल ४ हजार ७ सय २० केजी (११८ बोरा) खरबुजाको बियाँ (Watermelon seeds) फेला पारेको हो,जसको अनुमानित बजार मूल्य १४ लाख १६ हजार रुपैयाँ बराबर रहेको छ । बरामद गरिएको उक्त अवैध सामानलाई आवश्यक कानुनी कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी